सन्दुक

Fallen and scattered Mimosa (Pic by Kishor K Sharma)

सन्दुकरुपी मनमा

भावनाको पत्र

खात माथि खात

लेख्दै - जम्मा पार्दै

र तल्चा मार्दै

गुम्साएर, ढुस्साएर, सँगालेर राख्ने

भावनाहरु, आकांक्षाहरु, ईच्छाहरु

त्यै सुयोगबिर त हो नि ।


छाती भरी बेदना थुपार्ने

अदृश्य घाऊ पालेर राख्ने

मनैमा हुर्काउने, मनैलाई दु:खाउने

सहेर पिडा घाम र पानीको

शिरिष भइ उभिएर

सक्म्बरी फुलाउने

त्यै सुयोगवीर त हो नि ।


बुढो सुयोगवीरको बैशलु सपना कि रानी
उ त्यै सकम्बरी त हो नि ...

पारिजातको शिरीषको फूल सम्झेर

मन्द-मन्द चलिरहेछ हावा

स्पर्श गर्दै निर्धक्क

शिरीषको रुखमा फुलेकी सकमबरीलाई

एक झोंक्कामै भुइँमा झर्ने सत्य स्वीकारे पनि

थामिन सक्दैन सुयोगवीर

सकमबरी छे नै यति मनमोहक

कसरी रहोस् सुयोगवीर तटस्थ ?

हरेक वर्ष सकमबरी

शिरीषको रुखभरि फुलाउँछे सुयोगवीरका सपनाहरु

स्तब्ध पार्दै सुयोगवीरलाई

पर्लक्क पल्टिदिन्छे उसको मुटुमाझ, मस्तिष्कमाझ

पत्तै नपाई नतमस्तक हुन्छ सुयोगवीर

हरतरहले थामिन खोज्दा पनि सक्दैन

हावा जस्तै हुत्तिएर छोइदिन्छ सकमबरीलाई

बिना प्रतिक्रिया झर्छे ऊ

सुयोगवीरको छातीमा अजम्बरी चोट रोप्दै …

 P.S. Many Many Thanks to Jotare Dhaiba for pics 🙂 and typing this 🙂