इन्द्रेनी जालो कल्पनाको
बुनेर
आशाको घेरा भित्र
सम्हालेर
लुकाएर, छुपाएर अनी हुर्काएर
राखेको एक टुक्रा सपना
बन्द आफ्नो आँखा भित्र आँफै छिरेर
बन्देजहरु सबै चिरेर
मोज सँग देख्नेरहेछु
त्यही एक टुक्रा सपना ।
आफुले आँफैलाई नियल्दा
रमाएको देख्दा इन्द्रेनी जलो भित्र
लाग्दछ कहिले नटुटोस
मेरो यो निन्द्रा
नखोलम म कहिले आफ्नो नयनहरु
तर,
कहाँ सक्छु र म बसिरहन
आफुले श्रीजना गरेको
भ्रमको यो उज्यालोमा?
फुस्काएर इन्द्रेनी जालो
मेटाएर आशाको घेरो
बाच्नु नै छ मलाई
रित्तो रहरहरु साथ
रित्तो अन्धकारमा…
केवल रित्तो अन्धकारमा
Filed under: Poetry | Tagged: dreams, postmodern dreams | 2 Comments »