सपना को बिद्यालय

आमाले अंकुश लगाएर अड्काइदिएको
चुडिएको चप्पल
खर खर स्वार स्वार
माटो र ढुङ्गामा घिसारेको
भर्खर एक घण्टा त भयो
तपाईंलाई थाहा छ?
मेरो बिद्यालय आउन
अब जम्मा दुई घण्टा मात्र बाँकी छन

पुग्दछु म सुकिसकेको पसिनाको
टाटो लिएर
आफ्नो जीवनको बत्ती कात्न
कपासको डल्लो बाट मसिना
धागो झै निस्कन
र नचुडिइ बत्ती बन्न अनी उज्यालो छर्न
तर गुजुल्टो कपासबाट
धागो जसरी मलाई निकल्न
खै त मेरो बिद्यालयमा शिक्षक

हिंडेर रन्केको मेरो ज्यानलाई
चिसो डेस्क बेन्च र
चिसो कालोपाटीले स्वागत गर्दछन
चक पनि त चिसै छ नि
चकलाई समयएर कालोपाटीमा
अक्षर लेखिदिने शिक्षक
हुनुहुन्छ रे बिदामा

केही दिन पछी आउनु हुन्छ शिक्षक
र मेरो बिदा लिने पालो
आमाले घरै बस भन्नुहुन्छ
कही कतै नछो भन्नुहुन्छ
बग्दै गरेको रगत लिएर
हिडु पनि त म कसरी तीन घण्टा

पाँचौ दिन बिद्यालय पुग्दा
शिक्षकले तोकस्नु हुन्छ
भोली देखी नआउनु भन्नुहुन्छ
म कसरी भनु
सर, म रजस्वला भएकी थिए

र बिद्यालयमा चर्पी पनि त छैन

कस्तो हुन्छ रङहरु सपनाको
कस्तो हुन्छ स्वदहरु आकंक्षाको
कसले सिलाइदिन्छ मेरो चुडिएको चप्पल
कसले निकाल्छ कापास जस्ती मबाट
झलझलाकार गराउने बत्ती
कस्ले पुराइदिन्छ मलाई मेरो
सपनाको बिद्यालय

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: