सुनसान सुनसान !

केवल ईच्छाले छुन सक्ला कहिले  सुनसान धरहराले आकाशको चम्किने तारा   (फोटो: मेरो -एक साँझमा धरहरा )

केवल ईच्छाले छुन सक्ला कहिले
सुनसान धरहराले आकाशको चम्किने तारा
(फोटो: मेरो -एक साँझमा धरहरा )

प्राप्ती र अप्राप्तीको
दोसाधमा उभिएर
प्राप्ती भन्दा अलिकवर
लक्ष्मणरेखा ननाघेर
उभिएको छु म अप्राप्तीको काँधमा

आँखा तन्काइ तन्काइ हेरिरहने
शरीर मर्काइ मर्काइ
जोड सँग साहसले नाघ्न खोज्नुपर्ने
लक्ष्मणरेखा भन्दा प….रररको प्राप्ती
केवल हेर्नलाई मात्र रहेछ ।

मुखुन्डो लगाएर तर्सौन आउने
थरी थरी आकंश्याहरु
कहिले मुर्त, कहिले अमुर्त
भएर आउने भावनाको बाढीहरु
र यही बिच धुजा धुजा हुने सपनाहरु
केवल महसुस गर्नलाई मात्र रहेछ ।


खामभरीको दक्षिणाले दिने
आशीरबाद खर्च गर्दै
नजिक पुग्ने आशामा प्राप्तीको
आँफै खर्चिदै र सक्किदै
पार गर्न मन लाग्ने यही रेखा
केवल ईच्छामा सिमित मात्र रहेछ ।

झिक्दा झिक्दै रित्तिसकेको
खामका दक्षिणाहरु जस्तै
अचानक रित्तो पाउछु आँफैलाई म
खाली खाम जस्तो
चुपचाप चुपचाप
नाघ्न नसकेको लक्ष्मण रेखा
परको प्राप्ती लाई उभिएर एकट्क हेरिरहेछु
चुपचाप चुपचाप
सुनसान सुनसान

Advertisements

6 Responses

  1. this reminds me of सिरिसको फूल ‘बरी’ ..

  2. Existential bari ?

  3. 🙂 ikshya sakti manis ma hune advut gun ho! yesailea nai gardamanis afno laxchya ra ganatabya tira lamkiraheko hunxa!…. Tara kati kamjio chan ikshya haru afai !! Kebal ikshya lea kahile chuna sakla sunsan dharaha lea chamkila aakhash ka ti tara!! 😉 loved ur theme …cheers sweta!!

  4. 🙂 haha – you make me feel funnier 🙂

  5. ramro cha…..

    Date: Fri, 4 Oct 2013 13:22:34 +0000
    To: beckcarkey101@hotmail.com

  6. मैले बुझेको कुरा
    “उमेर बढ्दै गयो । मन बदलिएन । उमेरले लक्ष्मण रेखा झनै नजिक ल्याईदियो ।, You Want Break-Free”
    😀

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: